सचिव कुट्ने मन्त्री विजय यादवको यस्तो धन्दा

सचिव कुट्ने मन्त्री विजय यादवको यस्तो धन्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरे । जुन अहिले निकै चर्चामा छ ।

मन्त्री यादवले आफुले सिफारिस गरेको एनजीओ छनोट नगरेको भन्दे आवेगमा आएर आफुमाथि हातपात गरेको सचिव झाको दाबी छ । उनले सामाजिक सञ्जाल मार्फत मन्त्री यादवको अर्को कर्तुत बाहिर ल्याएका छन् । सार्वजनिक गरिएको कल रेडर्क अनुसार मन्त्री यादव एनजीओ धन्दामा लागेको प्रष्ट देखिन्छ ।

सचिव झाले मन्त्री यादवले चलाउँदै आएको एनजीओको नामसमेत उल्लेख गरेका छन् । मन्त्रीबाट पिटिएपछि आफ्नो बचाउ गर्दै सचिव झाले मन्त्रीको नाममा रहेको एनजीओको नामै उल्लेख गरेका हुन् ।

सिरहा गोलबजार नगरपालिकामा ‘सहकार्य नेपाल’ नामक एनजीओलाई मन्त्री यादवले बजेट पारिदिन दबाब दिँदै आएका थिए । उक्त एनजीओले कार्यक्रमको आशयपत्र सिरहा र सप्तरीको लागि प्रतिस्पर्धामा फारम भरेको थियो ।

बजेट पारिदिएबापत सचिव झालाई उक्त संस्थामा आबद्ध व्यक्तिले फोन नै गरेर आर्थिक प्रलोभनमा पारेको रेकर्ड सचिव झाले सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, ‘एनजीओको नाम म घटना भएकै दिन खोल्न थाहन्थें, तर मेरो डायरी मन्त्रीज्यूले खोस्नुभएको थियो’, उनले थपे, ‘मेरो ब्याकग्राउन्ड खोतल्नेको आँखा खुलोस् भनेर प्रमाण सुरक्षित राखेको छु ।’

मैथिली भाषामा गरिएको कुराकानीमा संस्थाआबद्ध व्यक्तिले सचिवलाई भनेका छन्, ‘पिसिबाला भाग हुन्छ भने मन्त्रीको मान्छे हो भने दिँदैन भनेर नसोच्नु होला ।’

प्रतिक्रियामा सचिव झाले भनेका छन्, ‘मलाई एकसुको चाहिदैन, यी कुरामा मेरो रुचि छैन, यस्ता कुरा मेरा अगाडि नगर्नुहोला, तपाईंको संस्थाले ठूलै सिफारिस पाएकोले मेरो ध्यान गएको छ ।’

वातावरण मन्त्रालयले मंसिर दोस्रो साता लघु उद्यम कार्यक्रमको लागि एनजीओसँग आशयपत्र मागेको थियो। मंसिर २३ र २४ गते प्रदेशका आठै जिल्लामा प्रस्ताव खोलिएको थियो ।

४० वटा आशयपत्र खोलिएकोमा १ सय ९३ वटाले प्रपोजल हालेका थिए। जसमध्ये मन्त्रालयको छनोटमा ४६ वटा परेको छ । जसमा मन्त्री र नेताहरूले दबाब दिएका एनजीओहरू सचिव झाको छनोटमा नपरेपछि विवाद बल्झेको हो।

 

 

Logo