रवि लामिछानेलाई भेटेपछि डा. सुरेन्द्र केसीले भने – ‘चार हजार सहकारीमा कालो धन छ’

रवि लामिछानेलाई भेटेपछि डा. सुरेन्द्र केसीले भने – ‘चार हजार सहकारीमा कालो धन छ’

केन्द्रबिन्दु
99
Shares

पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले देशभर रहेका करिब चार हजार सहकारीहरूमा कालो धन लगानी भएको खुलासा गरेका छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेपछि डा केसीले त्यस्तो खुलासा गरेका हुन् ।

देशभर रहेका चार हजार सहकारीमा अवैध तरीकाले लगानी भएको खर्बौँ रुपैयाँको खोजी हुनुपर्नेमा जोड दिँदै स्वतन्त्र बुद्धिजीबी केसीले राज्य त्यतातिर नदिई रवि लामिछानेको पछि लागेर २८ करोड रुपैयाँको खोजीमा लागेको टिप्पणी गरे ।

विगतमा आफूले भनेको रवि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरूले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे ।

Logo