प्युठान
झिमरुक गाउँपालिकामा ४ दिन अघि गरिएको तालावन्दी अझै खुलेको छैन । झिमरुक ८ को केन्द्र जनतालाई पायक पर्ने स्थानमा नतोकिएको भन्दै गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिकाको बहुमतले लोकतान्त्रिक बिधिद्धारा चयन गर्दा गलत ठाउँमा तोकिएको भन्दै तालाबन्दी गरिएको हो ।
झिमरुक गाउँपालिका अर्थात साबिकको लिवाङ गाबिसको ३ वटा वडा र तुषाराको १ वडा मिलाई संघिय संरचना अनुसार बनाइएको झिमरुक गाउँपालिका वडा नं ८ बनेको हो ।
अहिले वडा कार्यालय साबिकको तुषारा गाबिसको वडा नं १ फुलबारी बगैचामा वडा केन्द्र तोएिक पछी लिवाङबासी आन्दोलित भएका हुन् । विहिवार करिब दुई सय जना भन्दा धेरै जनताहरुले बहुमत छ भन्दैमा अन्याय गर्न पाइदैन, जनताको मौलिक हकको कार्यान्वयन गर जस्ता नारावाजी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष सामु ज्ञापन पत्र बुझाई सोही जनता जिल्ला प्रसाशन कार्यलय र जिल्ला समन्वय कार्यलयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।
संघर्ष समितिका संयोजक रेकम बहादुर महतरा र सचिब देवा गिरीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा वडा कार्यलयको केन्द्रबिन्दु साबिकको लिवाङ गाबिस ७, ८ र ९ का जनताका समर्थनमा सिफारिस गरिएको स्थान झिमरुक गाउँपालिका ८ को टिमुरचौर काभ्रालाई व्यवस्था गरी ८ को फुलबारी भन्ने स्थानमा तोकिएको हुँदा जनबिरोधको पुर्नविचार गरी बहुसंख्यीक जनताको पायक पर्ने स्थान टिमुरचौर काभ्रा हुनु पर्ने उल्लेख गरिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया