‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ -मन्त्री डा. आरजु राणा

‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ -मन्त्री डा. आरजु राणा

केन्द्रबिन्दु
45
Shares

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको आज धनगढीमा भएको पदस्थापन समारोहमा उनले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताएकी हुन् ।

वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको समेत उनको भनाइ थियो । उनले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताइन् ।

त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् । “हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ”, उनले भनिन् ।

Skip This
Skip This
Logo