समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा न्यायाधीश मल्लकाे जोड

समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा न्यायाधीश मल्लकाे जोड

केन्द्रबिन्दु
15
Shares

विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले समानता र समावेशिताको विषय सिद्धान्तमा मात्रै नभइ व्यावहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल बार एशोसिएशन कानुन व्यवसायी महिलाको ३१औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले व्यवहारिक रुपम कार्यान्वयन नभएसम्म सिद्धान्तले मात्रै अर्थ नराख्ने बताएकी हुन् ।

कानुन परिवर्तनका वाहक महिला कानुन व्यवसायीले आफ्ना क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै लैजानुपर्ने सुझाव दिँदै उनले महिला कानुन व्यवसायीलाई अगाडि ल्याउन अदालतमा पहिलो बहस महिलालाई दिनुपर्ने धारणा राखिन‍् । उनले भनिन्, “न्यायपरिषद् निष्पक्ष र स्वतन्त्र छ, महिला कानुन व्यवसायीले आफ्नो क्षमता आफैँले उजागार गर्न क्षमता र दक्षतालाई निर्खानुपर्ने आवश्यकता छ ।”

उनले मुद्दा मेलमिलापको नीति अदालतले अपनाएपछि धेरै मुद्दाहरु सोही विधिमार्फत राफसाफ हुने भएकाले यसलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरिन् । अदालत अहिले प्रविधियुक्त्त बन्दै गएकाले सबै कानुन व्यवसायीहरु प्रविधिमा जोडिन आवश्यक भएको उनको भनाइ थियो ।

Logo