यी हुन् विदेशमा अर्बौको कालोधन लुकाउने ५५ नेपाली (भिडियोमा)

यी हुन् विदेशमा अर्बौको कालोधन लुकाउने ५५ नेपाली (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।

त्यसमा विवादित व्यवसायी अजेयराज सुमार्गी, नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, उपेन्द्र महतो, उनकी श्रीमती समता, उनका साझेदार निरजगोविन्द श्रेष्ठ, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रहेका पूर्व सांसद् वीरेन्द्र महतो, गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ, राणा प्रधानमन्त्री पद्मशमशेर जबराकी छोरी रमा मल्ल, व्यवसायी चन्द्र ढकाल, कहिले खेतान र कहिले अग्रवाल थर लेख्ने शशिकान्त अग्रवाल, नेपाली कांग्रेसबाट प्रदेश सभामा पराजित राजेन्द्र बजगाई लगायतले विदेशमा पैसा लुकाईएको पाएको हो ।

त्यस्तै काठमाडौं ठेगाना उल्लेख मंगेशलाल श्रेष्ठ, मर्कन्टायल अफिस सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिव राजभण्डारी र क्यालिफोर्निया निवासी किरणभक्त जोशी, नेपाली व्यवसायी सतिशलाल आचार्य, उनकी श्रीमती भावनासिंह श्रेष्ठ, मिनु शाह छिब्बर, विनोद चौधरी परिवारका चार जनाको नाममा विदेशमा लगानी रहेको भेटिएको छ ।

अरुणकुमार चौधरी र उनकी श्रीमती शिला, छोरा करण र सुुर्भान्सको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा अर्सिन लिमिटेड कम्पनी दर्ता छ ।

Logo