राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

केन्द्रबिन्दु
99
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी केही ऐनहरू संशोधन गर्न अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आइतबार जारी गरेका हुन्।

सहकारी नियमन गर्ने र सहकारीपीडितको बचत फिर्ता गर्ने लगायतका कानुनी प्रबन्ध गर्न सो अध्यादेश ल्याइएको हो ।

Logo