अप्रत्याशित: ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य !

अप्रत्याशित: ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य !

केन्द्रबिन्दु
0
Shares

बुधबार एउटा समाचार सनसनी बन्यो।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै केही व्यक्तिले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारको शिर्षक थियो,- ‘अप्रत्याशित: ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य’

एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । ट्रम्पका विरोधीहरुले खुशी मनाउन थाले । सामाजिक सञ्जालमार्फत समाचार भाइरल बन्यो र विदेशमा पनि ट्रम्पका विरोधीहरु खुशी देखिए ।

केहीबेरमा वास्तविकता उजागर भयो । कसैले वासिंटन पोस्टका नाममा नक्कल गरेर अखबार प्रकाशित गरेको रहेछ । वासिंटन पोस्टका प्रवक्ताले आफ्नो अखबारलाई गलत रुपमा प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् । वासिंटन पोस्टको नाम दुरुपयोग गरेर कसले यसरी अखबार प्रकाशित गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने विषयमा अमेरिकामा राजनीतिक संकट बढ्दै गएको अवस्थामा ‘फेक न्यूज’ फैलाइएको हो ।  (एजेन्सी)

Logo