अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो ।

सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

Logo