काठमाडौँ । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमबीच ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान हुन् । एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–इ फाइभ प्रदान गरिएको थियो ।
उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ ।
यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवर्द्धनमा जोड दिइने कम्पनीको विश्वास छ । कार्यक्रमलाई सम्बोधन गर्दै ऐरीले आफू ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदाकाे खुसी व्यक्त गर्दै अत्याधुनिक सुविधाहरू भएको फ्यूचरिस्टिक इभि सेगमेन्टमा यी गाडीहरू निकै उत्कृष्ट रहेको बताए ।
९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।
































प्रतिक्रिया