प्रहरीले काठमाडौँको टोखाबाट पाँच लाख ३५ हजार ८४० रुपैया नगदसहित १५ जुवाडेलाई पक्राउ गरेको छ। टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया