काठमाडौं । क्रिसमस र नयाँ वर्षको अवसरमा यमाहा नेपालले विशेष वित्तीय योजना ‘ड्रिम ईट, वन ईट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा यमाहा मोटरसाइकल र स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ ।
सीमित अवधिका लागि ल्याइएको यस योजनाले २०७९ पुष १० देखि लागू हुँदै आएको हो।
योजना सबै यमाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । न्युनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनामा यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै, यस योजनाले सरल कागजी प्रक्रिया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गरेको एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपककुमार अग्रवालले जानकारी दिए ।
उनका अनुसार योजनासँगै, यामाहा नेपालले ‘टेष्ट राइड एण्ड विन’ अभियान पनि ल्याएको छ । यस अभियानअन्तर्गत हरेक ग्राहकले यामाहा बाइक टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउने यामहाले जनाएको छ । लक्की ड्रमार्फत आकर्षक उपहारहरू जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।
ड्रिम ईट, वन ईट’ वित्तीय योजनामार्फत हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १०वर्ष वारेन्टी सहितको प्रतिबद्धताले १५ वर्ष देखिको एफआई नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्ने छ,’ एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपककुमार अग्रवालले भने ।































प्रतिक्रिया