‘ड्रागन बोट रेस फेस्टिभ’ नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम होः मुख्यमन्त्री पाण्डे

‘ड्रागन बोट रेस फेस्टिभ’ नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम होः मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको बताएका छन् ।

सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उनले यो खेलकुद कार्यक्रम मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत भएको बताएका हुन् ।

उनले भने, ‘ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको छ। यो एउटा खेल मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत हो । गहिरो मित्रता प्रदर्शन गर्ने फूल हो । नेपाललाई एक उत्कृष्ट अन्तर्राष्ट्रिय पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम पनि हो ।’

साथै उनले गत वर्षहरुको भन्दा यो वर्ष फेस्टिभलमा बढि सहभागिता भएको खुसी लागेको समेत बताए । उनले यो फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढिरहेको बताए ।

Skip This
Skip This
Logo