काठमाडौँ । नेपालगन्जमा लिपमोटरको प्रमुख मोडल सी१० गाडी सार्वजनिक भएको छ । यही पुस १५ गते सिद्धार्थ होटेलमा शुभ लाभ इन्टरप्राइजेज, नेपालगन्जले आयोजना गरेको कार्यक्रममा साङ्ग्रिला मोटर्सले उक्त गाडी सार्वजनिक गरेको हो ।
कार्यक्रममा पाँच वटा लिपमोटर सी१० गाडीहरू ग्राहकहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो । आधिकारिक डिलरशिपद्वारा आयोजना गरिएको उक्त कार्यक्रम मार्फत नेपालका इलेक्ट्रिक गाडी बजारको परिवर्तनमा लिपमोटरको प्रतिबद्धता व्यक्त गरिएको कम्पनीको भनाइ छ ।
आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी१० अब नेपालगन्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ । यस्तै, बुकिङ समेत आधिकारिक रूपमा खोलिएको छ।
सो मोडल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ, जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ। यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ, जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो छ।
साङ्ग्रिला मोटर्स नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ । सो कम्पनी २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एक मात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ ।





























प्रतिक्रिया