उत्पादन शुरु गरेको २९ महिनामा दिपलले उत्पादन गर्‍यो ४ लाख कार, यस्तो छ २०२५ को लक्ष्य

उत्पादन शुरु गरेको २९ महिनामा दिपलले उत्पादन गर्‍यो ४ लाख कार, यस्तो छ २०२५ को लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । चिनियाँ कार ब्रान्ड दिपलले उत्पादन शुरु गरेको २९ महिनामा ४ लाख कार उत्पादन भएको जनाएको छ । आफ्नो प्रोडक्सन लाइनबाट दिपलले नोभेम्बर र डिसेम्बरमा मात्रै प्रतिमहिना ३० हजारभन्दा बढी कार बिक्री गरेको छ । जबकि डिसेम्बरको तथ्यांक पुरै आउने अझै बाँकी छ ।

सन् २०२२ मा एसएल ०३ सेडान बिक्रीबाट यात्रा प्रारम्भ गरेको दिपलले सन् २०२३ सेप्टेम्बरमा यो लक्ष्य हासिल गरेको थियो । कम्पनीको दोस्रो मोडलको रुपमा एस७ एसयूभी लन्च गरे पश्चात ३५ दिनभित्रै १० हजार एस७ एसयुभी डेलिभर भएका थिए । चांगानको स्वामित्वमा रहेको ब्रान्ड दिपललाई पहिलो १ लाख उत्पादनको लक्ष्य हासिल गर्न १४ महिना लागेको थियो ।

हाल दिपलसँग एसएल०३, एस०७ (पहिलेको एस७), जी३१८, एल०७ र एस०५ गरी पाँच मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

दिपलले सन् २०२५ करिव ५ लाख सवारी साधन बिक्री गर्ने र त्यसमध्ये ४ लाख चीनको घरेलु बजारमा बिक्री गरिने बताएको छ । उसले १ लाख युनिट निर्यात गर्ने योजना बनाएको छ । यसमा दुई मोडलको विशेष भूमिका हुनेछ, जस मध्ये एक एस०९ हुनेछ । एस०९ एसयूभी आगामी केही महिनामा लन्च हुने तयारीमा छ ।

नेपाली बजारमा पनि दिपल ब्रान्ड उपलब्ध छ । दिपलको नेपालका लागि आधिकारिक वितरकको रुपमा एमएडब्लु वृद्धि अटोकर्पले कार्य गरिरहेको छ । नेपाली बजारमा दिपल एल०७ र एस०७ बिक्रीका लागि उपलब्ध छन् । एस०५ पनि भविष्यमा नेपाली बजारमा उपलब्ध हुने जानकारी सार्वजनिक भइसकेको छ । सन् २०२५ मा दिपल ब्रान्ड विश्वका ८१ देशमा उपलब्ध हुनेछ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारको रुपमा दिपल थाइल्यान्डको बजारमा प्रवेश गरेको थियो । थाइल्यान्डमा नयाँ प्लान्ट पनि निर्माण भइरहेको छ र यो २०२५ मै सञ्चालनमा ल्याउने योजना छ ।

Logo