यस वर्ष हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

यस वर्ष हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

केन्द्रबिन्दु
120
Shares

काठमाडौँ । सन् २०२४ मा बजारबाट केही बाइकको बिक्री बन्द गरिएको छ । यो वर्ष भारतीय बजारबाट चार वटा बाइक हटाइएको हो । हिरो र होन्डाले बजारबाट बाइक हटाएका हुन् ।

होन्डा मोटरसाइकलले भारतीय बजारमा धेरै उत्कृष्ट बाइक बिक्री गरेको भए पनि उसले यस वर्ष होन्डा एक्स–ब्लेड नामक बाइक बजारबाट हटाएको छ । यो बाइक सन् २०१८ मा भारतमा सार्वजनिक भएको थियो । यसमा १६२ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको थियो । यसको मूल्य करिब ८१ हजार भारु थियो ।

यस्तै, हिरो मोटोकर्पले तीन वटा बाइकको बिक्री बन्द गरेको छ । रिपोर्टका अनुसार हिरो मोटोकर्पले हिरो प्यासन एक्सटेक बाइको बिक्री बन्द गरेको छ । बिक्रीमा लगातार गिरावट आएपछि सो बाइक बजारबाट हटाएको कम्पनीले बताएको छ । यसमा ११३.२ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन प्रदान गरिएको थियो र यसको एक्स शोरुम मूल्य करिब ८२ हजार भारु रहेको थियो । हिरो मोटोकर्पले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी सहित धेरै उत्कृष्ट फिचर प्रदान गरिएको एक्सपल्स २००टी बाइक पनि बजारबाट हटाइएको छ । यसमा १९९.५ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन प्रदान गरिएको थियो र यसको एक्स शोरुम मूल्य १ लाख ३७ हजार भारु थियो ।

हिरोले बजारबाट हटाएको तेस्रो बाइक हो, हिरो एक्स्ट्रिम २००एस ४भी । यो बाइक पनि सन् २०२४ मा बजारबाट हटाइएको छ । यसमा २०० सीसी इन्जिन थियो र यसको एक्स शोरूम मूल्य १ लाख ४३ हजार भारु थियो ।

यी दुई कम्पनीले आफ्नो बाइक बजारबाट बिक्रीका लागि हटाए पनि त्यसको ठाउँमा नयाँ बाइक बजारमा ल्याइएको बताएका छन् । ती बाइक अर्को वर्ष आधिकारिक रूपमा लन्च गर्न गरिने तयारी छ ।

Logo