सरकारको प्राथमिकतामा सुशासन र विकास

सरकारको प्राथमिकतामा सुशासन र विकास

केन्द्रबिन्दु
15
Shares

सुनसरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा मंगलबार नेपाल पत्रकार महासङ्घ सुनसरीका नवनिर्वाचित प्रतिनिधिको पदस्थापन कार्यक्रममा उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको उल्लेख गर्दै जनतामा देखिएको निराशालाई चिर्दै आशा ल्याउने काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत उल्लेख गरे । “अहिले दुई दल मिलेर सरकार गठन गरे पनि आगामी निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने हो”, उनले भने । लोकतन्त्रको पहरेदार सञ्चार माध्यमले आशा जगाउने किसिमका समाचारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

त्यसअसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले पत्रकारहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताए । नेकपा (एमाले) की केन्द्रीय सदस्य मञ्जु भण्डारीले गलत अफवाह फैलाएर चर्चित हुने व्यक्तिप्रति सचेत हुनुपर्नेमा जोड दिइन् ।

Logo