एमालेबाट निष्कासनमा परेपछि भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

एमालेबाट निष्कासनमा परेपछि भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । नेकपा एमालेबाट निष्कासनमा परेपछि उनले आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

आजको पत्रकार सम्मेलनपछि मेची–महाकाली अभियान चलाउने उनको योजना रहेको बताइएको छ ।

Logo