‘बुलबुल’ को ट्रेलरमा ट्याम्पु चालक स्वस्तिमा

‘बुलबुल’ को ट्रेलरमा ट्याम्पु चालक स्वस्तिमा

केन्द्रबिन्दु
0
Shares

नयाँ नयाँ शैलीमा प्रचार गर्दै आएको चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्का ट्याम्पु चालकको भूमिकामा प्रस्तुत भएकी छन् ।

बिनोद पौडेल निर्देशित यस चलचित्रमा नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुषालको मुख्य भूमिकामा रहेका छन् । बुलबुलका निर्देशक विनोद पौडेलले ट्रेलर मार्फत आफुले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको बताएका छन् ।

चलचित्रमा स्वस्तिमा खडकाका र नवनायक मुकुन भुषालसँगै बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई लगायतकको अभिनय रहेको छ ।

यस अघि सार्वजनिक भएका दुई टिजर र स्वस्तिमा खड्काले आफ्नै पात्रसँग कुराकानी गरेको प्रचारात्मक दृश्य सामग्रीबाटै चलचित्र बुलबुलका दुई पात्र चोपेन्द्र र रनकला दर्शकमाझ परिचित भईसकेका छन् । उनीहरुको सिको गर्दै दर्शकहरुले टिक टकमा हजारौं भिडियो बनाईसकेका छन् ।

चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । बुलबुल फागुन २ अर्थात भ्यालनटाइन डे को भोलीपल्टबाट देशभर सार्वजनिक हुँदैछ ।

Skip This
Skip This
Logo