काठमाडौँ । नेकपा एमालेबाट निष्काशित भएका नेता डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रश्नको जवाफ नदिए ०८४ मा पतन हुने दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका छन् ।
ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ ।
‘महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदै गर्दा ४९ वर्षसम्मको सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको र निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै भने, ‘तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ साबित हुनेछ ,।’





























प्रतिक्रिया