काठमाडौँ । गायक पृथ्वी खनालको नयाँ गीत ‘जोरी पारी’ को भिडियो सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत खनालले आफ्नै युट्युब च्यानल पृथ्वी खनालबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।
भोइस अफ नेपालबाट चर्चा बटुल्न सफल गायक पृथ्वी खनाल र आर सी रिमालको स्वर रहेको उक्त गीतमा फिन्जु पाख्रिनको शब्दसंगीत र साहस शाक्यको संगीत संयोजन रहेको छ ।
गीतमार्फत खनालले खुला सिमानाको फाइदा उठाउँदै नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करहरूले अन्तर्राष्ट्रिय स्तरमा सुन पठाउने गरिएको सन्दर्भलाई जोड्न खोजेका छन् । यस्ता संगठित अपराधमा नलाग्न र गैरकानुनी कार्य गर्नेलाई नेपाल प्रहरीले नछाड्ने सन्देश दिन खोजेको बताए ।
विजय पुन, मौसम हिमाली र सुप्रिया खनाल अभिनित उक्त म्युजिक भिडियो सशस्त्र प्रहरी बलका इन्स्पेक्टर समेत रहेका खनालले नेपाल प्रहरीका डिएसपी बनेर अभिनय गरेर तस्करलाई पक्राउ गरिएको देख्न सकिन्छ ।
नुवाकोटमा जन्मिएका गायक खनालले यसअघि केही गीत सार्वजनिक गरेका थिए ।































प्रतिक्रिया