काठमाडौँ । आईसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा फास्ट बलर जसप्रित बुमराहले ९०७ रेटिङ अंक प्राप्त गरेका छन् । यससँगै बुमराह आईसिसी टेस्ट बलिङ वरीयतामा ९०७ रेटिङ अंक प्राप्त गर्ने पहिलो भारतीय बनेका छन् ।
बुमराहले गत हप्ता ९०४ रेटिङका साथ डिसेम्बर २०१६ मा यति धेरै रेटिङ अंक पाएका रविचन्द्रन अश्विनको कीर्तिमान बराबरी गरेका थिए ।
अष्ट्रेलियाविरुद्ध जारी सिरिजमा बुमराहले सर्वाधिक विकेट लिएका छन् । बोर्डर गावस्कर ट्रफीको सुरुवाती चार खेलमा ३० विकेट लिएका छन् । उनको औसत पनि १२.८३ रहेको छ ।





























प्रतिक्रिया