ऐन र नियमावलीभन्दा अरू कुरा निर्माण गरेर काम नगरौँः मन्त्री भट्टराई

ऐन र नियमावलीभन्दा अरू कुरा निर्माण गरेर काम नगरौँः मन्त्री भट्टराई

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावलीभन्दा अरू कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गरेकी छन् । बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले ऐन र नियमावलीभन्दा बाहिर जाँदा कामहरूमा राम्रो परिणाम दिन नसकेको बताएकी हुन् ।

उनले भनिन्, ‘ धेरै कुराहरू मैले सुझावको रुपमा लिएकी छु, हामीले यो निर्देशिका, मापडण्ड कार्यविधिहरु एकदमै धेरै नै भयो । सबैले भन्नुभयो अब ऐन र नियमावलीभन्दा अरू कुरालाई हामीले निर्माण गरेर काम नगरौँ ।’

यसैगरी उनले राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरूको परीक्षालाई चुस्त बनाउन राष्ट्रिय बोर्डलाई मजबुत बनाउनुपर्ने बताएकी हुन् ।

Logo