थारु समूदायले काठमाडौंमा यसरी मनाए माघी पर्व (भिडियोसहित)

थारु समूदायले काठमाडौंमा यसरी मनाए माघी पर्व (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा बस्दै आएका थारु समूदायले पनि आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका छन । माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’ को आयोजना गरी थारु समूदायले आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका हुन । यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन ।

माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ । आफ्न्तहरुबीच शुभकामना आदान प्रदान तथा मिष्ठान्न भोजन खुवाएर यो पर्व काठमाडौंमा पनि भव्यताका साथ मनाइएको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौंधरीले जानकारी दिए ।

महोत्सवमा थारु जातिका विभिन्न खानाको परिकार राखिएको १ सय १० वटा स्टल राखिएको छ । मिष्ठान्न भोजन र नाचगानसहितको रमाइलो गरेर काठमाडौंमा पनि माघी पर्व मनाइएको प्रियंका चौधरीले जानकारी दिईन् ।

Logo