काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताएका छन् । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस–जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्दै उनले सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।
गृहमन्त्री लेखकले भने, “ चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस–जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने काम हो । यसका लागि संघीय सरकारले सहयोग गर्नेछ । ”
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यसकार्यलाई जिपिएस–जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्टसिटी’ बनाउने लक्ष्यलाई जिपिएस–जिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया