‘भीम रावलका आरोपहरु अत्यन्तै तल्लो स्तरका छन्’ -प्रदीप ज्ञवाली

‘भीम रावलका आरोपहरु अत्यन्तै तल्लो स्तरका छन्’ -प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले एमालेलक्षित गरेको टीकाटिप्पणीहरु अत्यन्त तल्लो स्तरको भएको बताएका छन् ।

बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछिको कुराकानीमा उनले नकरात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुन्ठा मात्र व्यक्त गरेको बताएका हुन् ।

उनले भने, ‘भीम रावलले गर्नु भएको पत्रकार सम्मेलन नेकपा एमाले लक्षित उहाँको टिका टिप्पणीहरुका बारेमा सामान्य चर्चा भयो । त्यो कुनै धेरै चर्चा गर्नुपर्ने, धेरै समय खर्चिनु पर्ने विषय पनि होइन । किनभने, नकरात्मकता, विरोध, आवेग र कुन्ठाले देश बन्ने भए धेरै अगाडि बनि सक्ने थियो । आरोपहरु अत्यन्त तल्लो स्तरका छन् र उहाँको एउटा कुन्ठा मात्र व्यक्त भएको छ ।’

त्यस्तै, बैैठकमा एमाले–कांग्रेस गठबन्धन सरकारले संचालन गरिरहेका कामका बारेमा पनि चर्चा भएको उनले बताए ।

Logo