काठमाडौं । संसारमा प्राकृतिक सुन्दरताको कतै पनि कमि छैन । विश्वमा यस्ता धेरै ठाउँहरु छन््, जुन प्राकृतिक विविधताले भरिएका छन् । विश्व प्राकृतिक विविधताको भण्डार नै हो । हाम्रो सोच भन्दा बाहिर त्यस्ता धेरै ठाउँहरु छन् । जुन, सुन्दा पनि अचम्म लाग्न सक्छ । संसारमा यति धेरै प्राकृतिक सुन्दरताले भरिएको छ, जसलाई देखेर हाम्रो मन भरिदैन् ।
नेपाल प्राकृतिक रुपमा निकै धनी छ । यहाँ विश्वको सबैभन्दा गहिरो गल्छीदेखि लिएर सबैभन्दा अग्लो शिखर सगरमाथा समेत छ । हाम्रो लागि यस्तो विविधता प्राकृतिक आश्चर्य हुनसक्छ । तर एक अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणमा भने नेपालको कुनैपनि प्राकृतिक स्थल विश्वको प्राकृतिक आश्चर्यमा पर्न असफल भएका छन् ।
सिएनएनले गरेको विश्वका सात प्राकृतिक आश्र्चयको सूचिमा नेपालमा रहेको विश्वकै अग्लो सगरमाथा पनि परेको थियो । तर, अहिलेको नयाँ सात प्राकृतिक आश्चर्यमा उच्च हिम शिखर सगरमाथा परेको छैन् ।
स्विस फाउन्डेसनले ४ वर्ष लगाएर गरेको विश्वव्यापी मत सर्वेक्षणमा विश्वको सात वटा प्राकृतिक आश्चर्य परेको छ । फिल्म निर्माता बर्नाड वीवर देखि फुटवलर लियोनल मेसी सहभागिता रहेको यो सर्वेक्षणमा यस संस्थाले न्यु सेभेन वन्र्डस नामको वेभसाइटबाट अनलाइन मार्फत करिव १० लाख मानिसको राय संकलन गरेको थियो । यसमा जम्मा विश्वको ४ सय ४० स्थान समावेश गरिएको थियो ।
त्यसमध्ये पहिलो चरणमा ७७ स्थान छनोटमा परेको थियो । दोस्रो चरणको छनोटमा २८ स्थान छनोटमा परेको थियो । अन्तिम चरणमा ७ स्थान प्राकृतिक आश्चर्यमा परेको हो ।
जसमा अमेजन जंगल, जेजु टापू, भियतनामको १६ वटा टापुहरुको समुह, ह्यालोंग खाडी, कोमोडो टापू, इगुआजु झरना र टेबल माउन्टेन रहेका छन् । थप भिडियोमा





























प्रतिक्रिया