चिनी आयात नियन्त्रणमा सरकार असफल

चिनी आयात नियन्त्रणमा सरकार असफल

केन्द्रबिन्दु
0
Shares

विराटनगर

स्वदेशी चिनी मिल सञ्चालकको दबाबमा सरकारले भन्सार दर शतप्रतिशत वृद्धि गरेर आयातमा नियन्त्रण गरेको भए पनि त्यसको कुनै प्रभाव भने देखिएको छैन । सरकारले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत बनाउने निर्णय गर्दा समेत आयातको अवस्था उस्तै देखिएको हो ।

नेपालमा आवश्यकता भन्दा बढी चिनी आयात भएको चिनी मिल सञ्चालकको दबाबमा ०७४ वैशाख ४ गते सरकारले भन्सार दर वृद्धि गरेको थियो । भन्सार दर वृद्धि गरेपछिको आठ महिनामा विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्रिएको चिनीको तथ्याङ्कसमेत गत आर्थिक वर्षको अनुपातमै देखिएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्दै सरकारले चिनीको भन्सार दर वृद्धि गर्ने निर्णय गरेपछि पनि नेपालमा चिनी आयात नरोकिएको भन्सार तथ्याङ्कले देखाएको हो ।

आर्थिक वर्ष २०७४/७५ को साउनदेखि वैशाखसम्म नौ महिनामा विराटनगर भन्सार कार्यालयबाट ३८ हजार ६५३ मेट्रिक टन चिनी आयात भएको तथ्याङ्क छ । यो अवधिमा भन्सार दर १५ प्रतिशत रहेको थियो ।

सरकारले चिनीको भन्सार दर वृद्धि गरेर ३० प्रतिशत पु¥याएपछि २०७४ वैशाखदेखि २०७५ मङ्सिरसम्मको आठ महिनामा २९ हजार ७१८ मेट्रिक टन चिनी भन्सार जाँचपास हुँदै नेपाल भित्रिएको देखिन्छ । गत आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालय हुँदै नेपाल आयात हुने वस्तुमा चिनी दोस्रो नम्बरमा पर्दछ ।
गोरखापत्रबाट

Logo