तरुलको मूल्य सस्तियो माघे संक्रान्ति मनाउनेलाई फाईदा (भिडियोमा)

तरुलको मूल्य सस्तियो माघे संक्रान्ति मनाउनेलाई फाईदा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ । माग भन्दाबढि तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघ संक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ ।

यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनु भयो । गत वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्रयाएको छ ।

Logo