वेस्ट ह्यामविरुद्ध सिटीको सहज जीत, बेनफोर्डले साउथहेप्टनलाई हरायो

वेस्ट ह्यामविरुद्ध सिटीको सहज जीत, बेनफोर्डले साउथहेप्टनलाई हरायो

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध सहज जीत हासिल गरेको छ । शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ ले हराएको हो ।

एर्लिङ हालान्डको २ गोलको सहयोगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध म्यानचेस्टर सिटीले जीत निकालेको हो । पहिलो हाफको १०औँ मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर काउफलको उपहार गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो।

खेलका ४३ र ५५औँ मिनेटमा हालान्डको गोलमा सिटीले ३–० को अग्रता बनायो । हालान्डका दुवै गोलमा साभिन्होले असिस्ट गरेका थिए।

हालान्डले पछिल्लो तीन पहिनामा प्रिमियर लिगमा पहिलोपटक २ गोल गरेका हुन् । खेलको ५८औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले ४–० को अग्रता लिएको थियो। खेलको ७१औँ मिनेटमा वेस्ट ह्यामका निकलस फुलक्रुगले गरेको गोल सान्त्वना बन्यो।

गएराति भएको अर्को खेलमा बेनफोर्डसँग साउथहेप्टन पराजित भएको छ । बेनफोर्डले साउथहेप्टनलाई ५–० ले हराएको हो । लेस्टर सिटी एस्टोन भिल्लासँग २–० ले पराजित हुँदा हार्दा एभर्टन बर्नमाउनसँग १–० ले हार्‍यो । पछिल्लो समय लयमा रहेको न्यु क्यासलले टोटनह्यामविरुद्ध २–१ को जीत हासिल गरेको छ।

Logo