मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट

मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट

केन्द्रबिन्दु
387
Shares

काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बागमती प्रदेशविरुद्ध मधेस प्रदेशले खराब ब्याटिङ गरेको छ ।

मधेस आफ्नो पहिलो इनिङ्समा ३५.३ ओभरमा अलआउट हुँदै १०२ रनमा समेटिएको हो ।

मधेसका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। मयंक यादवले २१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक विशाल पटेलले १६ रन बनाउँदा हिमांशु दतले १० रन बनाए। त्यस्तै, अभिषेक तिवारीले ११ रन बनाउँदा निरज यादवले १२ रन जोडे ।

यता बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले १४ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, सूर्य तामाङले ३ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान १–१ विकेट लिए।

प्रतियोगिताको एक इनिङ्स ६० ओभरको हुनेछ। ब्याटिङ गर्ने टिमले पुरै ६० ओभर ब्याटिङ गर्न पाउने छ। यदि स्कोर पर्याप्त भएमा डिक्लेयर गर्न सक्ने छ।

Logo