वर्षा राउतले जुराइन बिहेको मिति, कार्ड छपाउँदै भनिन्, ‘आर्शिवाद दिनुहोला’

वर्षा राउतले जुराइन बिहेको मिति, कार्ड छपाउँदै भनिन्, ‘आर्शिवाद दिनुहोला’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला लामो समयदेखिको प्रेमसम्बन्धलाई बिवाहमा परिणत गर्ने भएका छन् । ६ वर्षदेखिको लामो प्रेम सम्बन्धमा अब विवाहमा परिणत गर्ने घोषणा गरेका हुन् । उनीहरुले यहि आउँदो भ्यालेन्टाइन डेको दिन विवाह गर्ने घोषणा गरेका छन् ।

उनीहरु चलचित्र क्षेत्रको चर्चित प्रेम जोडी हुन् । उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाइएको छ । लामो समयदेखि उनीहरुको प्रशंसकहरुले बिहेको प्रतिक्षा गरिरहेका थिए ।

वर्षा राउतले सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राममा बिहेको कार्ड सार्वजानिक गरेर उनको फ्यानहरुलाई सरप्राइज दिएकी थिइन् । हालै दीपिका पादुकोण र रणवीर सिंहले पनि विवाहको मिति इन्स्ट्राग्रामबाट सार्वजानिक गरेका थिए । वर्षाले पनि त्यहि शैलीलाई पछ्याएकी छिन् ।

उनीहरुको पहिलो भेट फिल्मको अडिसनको क्रममा भएको थियो । मण्डला थिएटरमा भएको अडिसनमा उनीहरु एउटै चलचित्रको लागि आएका थिए । उनीहरु दुवै छानिए । फिल्म भने खेलेनन् तर उनीहरुको प्रेमसम्बन्ध भने यहिबेला देखि सुरु भयोे ।

वर्षा राउतले बिहेको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आर्शिवाद दिन आग्रह गरकी छिन् । उनले कार्ड सार्वजनिक गरे लगत्तै उनीहरुको जोडीलाई धेरैले बधाई दिएका छन् ।

पछिल्लो समय वर्षा राउत अभिनित चलचित्र ‘गोपी’ को प्रर्दशनीको तयारीमा छ । संजोग कोइराला पछिल्लो समय चलचित्र ‘कथा काठमाडौँ’ मा देखिए । हाल अभिनय सँगै आफ्नो व्यवसायका व्यस्त छन् ।

Logo