काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुई खेलाडीलाई निलम्बन गरेको छ । महिलाको बारेमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बीसीसीआईले भारतीय चर्चित क्रिकेटर केएल राहुल र हार्दिक पंड्यालाई निलम्बन गरेको हो ।
कफी विथ करण भन्ने टिभी कार्यक्रममा महिलाका बारेमा आपत्तिजनक कुरा गरेको भन्दै सत्यतथ्य छानविन नहुञ्जेलसम्मको लागि निलम्बन गरेको हो ।
उनीहरुलाई शनिवारदेखि हुने अस्ट्रेलियाविरुद्धको वान डे सिरिजबाट पनि बाहिर गरिएको छ । उनीहरुले महिलासँगको सम्बन्धका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो ।
महिला अधिकारकर्मीहरुले उनीहरुलाई कारवाहीको माग गरेका थिए । चौतर्फी दवाव आएपछि बीसीसीआईले दुवैजनालाई निलम्बन गरेको हो । उनीहरुले माफी समेत मागेका छन् ।





























प्रतिक्रिया