काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यादेश ल्याउनका लागि सरकारले संसद् अधिवेशन नबोलाएको आरोप लगाएको छ । धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आइतबारदेखि सुरु भएको बैठकपश्चात् पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले सरकारले संसद् अधिवेशन नबोलाउनु रहस्यमय भएको बताएका हुन् ।
उनले भने,‘कुनै वर्ष मंसिर २८ संसद् अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद् अधिवेशन बोलाएको छैन । हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाइ भइरहेको छ ।’
राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उनको भनाइ छ । उपाध्यक्ष सापकोटाले अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेको बताए । सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी जानकारी गराइएको बताए ।































प्रतिक्रिया