भारतले आफ्नै ईभी प्रविधि विकास गर्दै, १४ हजार करोड भारु अनुदानको घोषणा

भारतले आफ्नै ईभी प्रविधि विकास गर्दै, १४ हजार करोड भारु अनुदानको घोषणा

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । भारतले आफ्नै ईभी प्रविधि विकास गर्ने भएको छ । जसमा ब्याट्री प्रविधि, पावर इलेक्ट्रोनिक्स र चार्जिङ पूर्वाधार विकास कार्यक्रम रहेका छन् ।

भारत सरकारले आफ्नो आत्मनिर्भर पहलको एक भागका रूपमा हेरेको यस कार्यक्रमलाई बढावा दिन अनुदानसमेत दिने भएको छ । जसमा १४ हजार करोड भारु अनुदानको घोषणा गरिएको छ । आपूर्ति श्रृंखलामा चीनमाथिको निर्भरता कम गर्न र स्वदेशी विद्युतीय सवारी प्रविधिको विकासलाई बढावा दिन भारतले यो कार्यक्रम लागू गर्न लागेको हो ।

यसका लागि प्रधानमन्त्रीको नेतृत्वमा विज्ञान प्रविधि विभाग र अनुसन्धान राष्ट्रिय अनुसन्धान प्रतिष्ठानले ब्याट्री प्रविधि, पावर इलेक्ट्रोनिक्स र चार्जिङ पूर्वाधार समावेश ईभी इकोसिस्टम विकास गर्न एक कार्यक्रम सुरु गर्ने जनाइएको छ ।

सरकारले देशमा अनुसन्धान र विकास संस्कृतिलाई अगाडि बढाउन आगामी ५ वर्षका लागि १४ हजार करोड रुपैयाँ विनियोजन गरेको हो । उक्त प्रतिष्ठानले कम्तिमा आगामी ३ वर्षमा ब्याट्री प्रविधि र कम्पोनेन्टको विकासलाई अगाडि बढाउने आशा राखेको छ । साथै, चर्जिङ पूर्वाधार र पावर इलेक्ट्रोनिक्सको संजला विस्तार गर्दै जाने दीर्घकालीन लक्ष्यहरू समेत राखिएको छ ।

सो प्रतिष्ठानका प्रमुख कार्यकारी अभय करन्दिकरले अहिले आयात गरिएका विद्युतीय सवारी साधन र कम्पोनेन्टको स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको बताएका छन् ।

Logo