काठमाडौँ
प्रदेश ५ को प्रदेश संसदमा सांसद्हरुले वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितताबारे प्रश्न उठाएका छन् । प्रतिपक्षी दल कांग्रेसका सांसद्ले प्रदेशसभामा वाइडबडी प्रकरणबारे प्रश्न गर्दै केन्द्र सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि आरोपित भएकाले राजीनामा दिन माग गरे ।
विपक्षी सांसद्ले मन्त्री अधिकारीले राजीनामा दिन नमाने प्रधामन्त्री केपी ओलीले भएपनि बर्खास्त गर्नुपर्नेमा माग राखे । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् फखरुद्दिन खानले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री अधिकारी नै बिबादमा मुछिएकाले अविलम्व राजीनामा दिनुपर्ने बताए । उनले तत्काल राजीनामा नदिए आगामी दिनमा लुम्बिनीमा हुने कार्यक्रममा बहिष्कार गर्नेसम्मको चेतावनी दिए ।
त्यस्तै उनले प्रदेश संसद तथा सरकारले एउटै गाडीलाई फरकफरक मुल्यमा खरिद गरिनु र मुल्य पनि बजार मुल्य भन्दा अत्यधिक बढी भएकोबारे प्रदेश सरकारमाथि प्रश्न उठाए । यो विषय गम्भिर रहेका सत्यतथ्य छानविनको पनि उनले माग गरे ।
यता प्रदेश संसद्ले वाइडबाडी प्रकरण र प्रदेशमा किनिएका सवारी साधन बारे विपक्षी कांग्रेस सांसद्ले गरेका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएका छन् । उनले आंशकाकै भरमा कसैलाई पनि आरोपित गर्नु ठीक नहुने तर्क गरे । मुख्यमन्त्री पोखरेलले प्रदेशमा सार्वजनिक लेखा समितिले थालेको अध्ययन निष्कर्षमा पुग्ने र त्यसमाथि भरोसा गर्नुपर्ने बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया