कोकमा रक्सी मिसाएर खान दिएपछि बलात्कार : एकजना पक्राउ

कोकमा रक्सी मिसाएर खान दिएपछि बलात्कार : एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

भद्रपुर

कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ । अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन् । राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्फ भागेको प्रहरी आशंका छ । उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ ।

प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए । किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीहरुले पत्तो पाएनन् ।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन् । किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo