हुण्डी कारोबारमा संलग्न तीन जना ६९ लाख नगद सहित पक्राउ

हुण्डी कारोबारमा संलग्न तीन जना ६९ लाख नगद सहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

विराटनगर

हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्षिय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ६९ लाख ५७ हजार ६ सय समेत बरामद गरेको छ ।

विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने पनि उहाँले बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo