कार्यकक्षमै मन्त्रीले सचिवलाई झापड हाने, पत्रकारकै अगाडि रोए सचिव

कार्यकक्षमै मन्त्रीले सचिवलाई झापड हाने, पत्रकारकै अगाडि रोए सचिव

केन्द्रबिन्दु
0
Shares

जनकपुर । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हानेको सचिव झाले बताए । सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएका थिए । मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिव झालाई पक्राउ गरेको छ । मन्त्री यादवले भने सचिवलाई कुटपिट नगरेको दाबी गरेका छन् ।

Skip This
Skip This
Logo