सिप्रदी ट्रेडिङले इटहरी शाखाबाट लन्च गर्‍यो टाटा म्याजिक बीएस६

सिप्रदी ट्रेडिङले इटहरी शाखाबाट लन्च गर्‍यो टाटा म्याजिक बीएस६

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ ।

सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सिप्रदी प्रालिका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले कार्यक्रममा बोल्दै भने, “टाटा म्याजिक बीएस६ ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ । यसको उच्च माइलेज, कम मर्मत खर्च र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ । यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।”

कार्यक्रममा कोशी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवासकुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए ।

टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर र उच्च माइलेजसहितका सुविधाहरू छन् । यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ ।

सिप्रदी ट्रेडिङ प्रालिले सदैव ग्राहकहरूको आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउँदै आएको छ । यस लन्चसँगै कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको सहरी यातायातका क्षेत्रमा टाटा म्याजिकमार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको छ ।

Skip This
Skip This
Logo