काठमाडौँ । नयाँ वर्ष २०२५ लाई शानदार बनाउँदै बेनेलीले विशेष अफर सार्वजनिक गरेको छ । बेनेलीले ग्राहकहरूका लागि २ गुणा डिस्काउन्ट अफर सार्वजनिक गरेको हो ।
यो अफरअन्तर्गत ग्राहकहरूले बाइक खरिद गर्दा डबल फाइदा पाउनेछन् । प्रत्येक बाइकमा ५० हजार रुपैयाँसम्मको छुट पाइने भएको छ ।
यस्तै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण इन्सुरेन्स निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनेछ ।
यसबाहेक, ग्राहकहरूले यति एयरलाइन्सको दुईतर्फी टिकट पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ । जसमा नेपालका कुनै पनि गन्तव्यमा यात्रा गर्न मिल्ने छ ।
यो अफर सीमित समयका लागि मात्रै भएकोले, ग्राहकहरूले छिट्टै निर्णय गरेर नयाँ वर्षलाई भव्य बनाउन बेनेलीसँगको यो अवसरलाई अपनाउनुपर्ने बताइएको छ ।































प्रतिक्रिया