नेपाल एसबिआई बैंकद्धारा ताल बाराही मन्दिरकाे पुनर्निर्माणका लागि सहयोग हस्तान्तरण

नेपाल एसबिआई बैंकद्धारा ताल बाराही मन्दिरकाे पुनर्निर्माणका लागि सहयोग हस्तान्तरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि रु १०.०० लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, संचालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

Logo