नेपाल लाइफ क्यापिटलको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने

नेपाल लाइफ क्यापिटलको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त वार्षिक साधारण सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

Logo