न्युकासल लिग कप फाइनल नजिक, आर्सनल २–० गोल अन्तरले पराजित

न्युकासल लिग कप फाइनल नजिक, आर्सनल २–० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । लिगकप फाइनल नजिक पुग्ने क्रममा मंगलबार भएको खेलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको छ । लण्डनस्थित एमिरेट्समा घरेलु टोली आर्सनल प्रतियोगिताको सेमीफाइनलको पहिलो खेलमा २–० पराजित भएको हो ।

खेलमा एलेक्जानडर इसाक र एन्थोनी गोर्डनले एक एक गोल गरे । अहिलेसम्म लिगकपको उपाधि जित्न नसकेको न्युकासलले सन् १९६९ देखि उपाधिविहीन रहेको छ । अब सेमिफाइनलको दोस्रो खेल फेब्रवरी ५ मा न्युकासलको सेन्ट जेम्स पार्कमा हुनेछ ।

सन् २०१० यता न्युकासल इमिरेट्समा विजयी रहेको हो । नोभेम्बरमा भएको प्रिमियर लिग खेलमा न्युक्यासलले आर्सनललाई १–० ले हराएको थियो । उक्त खेलमा एलेक्जान्डर इसाकले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

Logo