केयूद्वारा स्नातक तहमा पत्रकारिता अध्यापनको लागि नयाँ कार्यक्रमको सुरुवात

केयूद्वारा स्नातक तहमा पत्रकारिता अध्यापनको लागि नयाँ कार्यक्रमको सुरुवात

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातक तहमा पत्रकारिता अध्यापनको लागि नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।

चार वर्षे यो कार्यक्रम माघ महिनादेखि सञ्चालनमा आउनेछ । त्यसैगरी स्कुल अफ आर्ट्सअन्तर्गत अंग्रेजी कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीले एउटै उपाधिबाट अंग्रेजी र पत्रकारितामा विशेषज्ञता हासिल गर्दै भाषिक सिप, समालोचनात्मक सोच, रचनात्मक लेखन र मिडिया रणनीतिमा दक्षता प्राप्त गराउने उदेश्यले उक्त कार्यक्रमको सुरु गरिएको विश्वविद्यालयले जनाएको छ ।

स्नातकहरूमा सञ्चालन भएका कार्यक्रम बहुआयामिक क्षमतामा निपुण हुन आवश्यक छ । त्यसैले यो कार्यक्रमले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक उत्कृष्टता हासिल गर्न सघाउनेमा विश्वास गरिएको छ । यस कार्यक्रमले अङ्ग्रेजी साहित्य, भाषिक अध्ययन, मिडिया अनुसन्धान, र सांस्कृतिक अध्ययनलाई विशेष प्राथमिकतामा राखेको छ ।

कार्यक्रमले शिक्षा, पत्रकारिता, जनसम्पर्क, अनुसन्धान, कर्पोरेट सञ्चार, र प्रकाशन जस्ता क्षेत्रमा अवसर सिर्जना गर्ने विश्वविद्यालयले दावी गरेको छ । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि खुला गरिएको यस कार्यक्रममा २० जनाको लागि मात्र सिट निर्धारण गरिएको छ ।

Skip This
Skip This
Logo