बस्नै नसक्ने भए डा.केसी : सरकार मौन

बस्नै नसक्ने भए डा.केसी : सरकार मौन

केन्द्रबिन्दु
0
Shares

इलाम

१६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसी सत्याग्रहको चौथो दिन (शनिबार) सम्म आइपुग्दा उठेर बस्न समेत नसकेका चिकित्सकले बताएका छन् ।

शनिबार बिहान डा.केसीको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रामकृष्ण आचार्यका अनुसार शनिबारदेखि डा.केसीलाई मिडियालगायत अरू कसैसँग गफगाफ गर्न दिइएको छैन । ‘हिजोसम्म डा.केसी विभिन्न व्यक्तिहरूसँग गफगाफ गर्न सक्नुहुन्थ्यो,’ चिकित्सक आचार्यले शनिबार भने, ‘आज देखि संक्रमणको खतरा हुनसक्ने भएकाले उहाँको नजिक जान मिल्दैन र उहाँलाई बोल्न गाह्रो भएको छ ।’

भुइँमा बसेका डा.केसीलाई अहिले खाटमाथि राखिएको छ । केसीको रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको उनले बताए । ‘उहाँको रोगसँग लड्ने क्षमता कम भएको छ,’ आचार्यले भने, ‘ग्लुकोज घटेर शरीर शिथिल भएकाले उहाँ ठूलो स्वरले बोल्दासमेत पसिना आउन थालेपछि बोल्न कम गरिएको छ ।’ ग्लुकोज घटेपछि शरीरले थोरै मात्र बल लगाएर गर्नुपर्ने काम गर्न पनि नसक्ने चिकित्सक आचार्यको भनाइ छ ।
नागरिकबाट

Logo