दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
102
Shares

काठमाडौँ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत, काठमाडौँमा बुधबार प्रसाईंसहित झापाका नवीन प्रधान भनिने हरिचन्द्र फुयाल र रामचन्द्र मैनालीविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरूले संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।

कर्मचारीलाई धम्की आएको भन्दै नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो । यस्तै, दुई व्यवसायीले समेत प्रहरीसमक्ष निवेदन दिएका थिए ।

Logo