भरतमोहनको स्वास्थ्यमा सुधार, आइसियुबाट निकालियो

भरतमोहनको स्वास्थ्यमा सुधार, आइसियुबाट निकालियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । गत सोमबार अचानक छातीमा समस्या (इन्फेक्सन) देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।

‘स्वास्थ्यमा धेरै समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो, परीक्षणका क्रममा छातीमा समस्या देखिएकाले चिकित्सकको सुझाव अनुसार चार दिन आइसीयूमा उपचार भयो’, अधिकारीका स्वकीय सचिव महेश बिष्टले भने, ‘क्रमशः सुधार भएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।’

लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए । अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo