अख्तियारको कार्यालयमै घुस दिन खोज्ने हाकिमविरुद्ध मुद्दा दायर

अख्तियारको कार्यालयमै घुस दिन खोज्ने हाकिमविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा आइ कागजातसहितको खाम दिँदा रु एक लाख बराबरको घुस रकम फेला परेको थियो । अनुसन्धान अधिकृतले सोधपुछ गर्दा मुद्दा मिलाइदिनका लागि स्वेच्छाले नै रकम ल्याएको भन्ने बयान सापकोटाले दिएका थिए ।

आयोगले बिहीबार सापकोटाविरुद्ध रु एक लाख बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Skip This
Skip This
Logo