‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’ -टङ्कलाल घिसिङ

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’ -टङ्कलाल घिसिङ

केन्द्रबिन्दु
27
Shares

कर्णाली । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।

कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।

उनले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका काम उच्च प्रशंसा गरे । “पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन”, उनले भने ।

सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । उनले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रु ६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताए ।

Skip This
Skip This
Logo